व्यास नगरपालिकाको आईसोलेशनमा एमबिबिएस चिकित्सक नियुक्त
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिका व्यास-०२ स्थित कृषि विकास बैंकको पुरानो भवनमा सञ्चालन गर्न लागेको आईसोलेसनका लागि एक एमबिबिएस चिकित्सक नियुक्त गरेको छ । आईसोलेसनका लागि नयाँ नियुक्त गरिएका डाक्टर र नगरपालिकाको १४ वटै वडाका कोभिड-१९ का सम्पर्क व्यक्तिहरुसंग बिहीबार अन्तरक्रिया गरेको छ। सो अन्तरक्रियामा नगर प्रमुख वैकुण्ठ न्यौपानेले चिकित्सक एवं फोकल पर्सनहरुलाई निर्धक्क भएर कोभिड-१९ का संक्रमितको सेवामा आत्मबलका साथ जुट्दै आ-आफ्नो कार्य क्षेत्रमा भुमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
यस्तै, नगरपालिकाले हरेक दिन विहान कोभिड रोकथामका कार्यबारे जानकारी लिन नियमित समीक्षा गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । समीक्षाका क्रममा उनले सहभागिलाई नवनियुक्त चिकित्सकबारे जानकारी दिएका थिए । समीक्षाका क्रममा कोभिड-१९ का बिरुद्ध सञ्चालन गरिएका कार्यक्रमहरु, त्यसको प्रभावकारिता, नगरबासीहरुबाट आएको गुनासोलाई कार्यान्वयन गर्न चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल गर्ने गरिएको बताइएको छ ।
यस्तै समक्षिा बैठकले कोभिड-१९ का लागि आवश्यक औषधिजन्य एवं अन्य स्वास्थ्य उपकरणहरु उपलब्ध गर्राईदिन एस.वो.एस बालग्राम र गोर्खा वेलफेयर ट्रष्टमा सहयोगका लागि अनुरोध गरेको छ ।










