मादी र सेती नदीमा माछा संरक्षण कार्यक्रम

भञ्ज्याङन्यूज

निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाले मादी र सेती नदीमा माछामा असर परेको भन्दै संरक्षण कार्यक्रम अगाडि बढाइने भएको छ । जलविद्युत आयोजनाको कारण मादी र सेती नदीका माछामा प्रत्यक्ष असर पुग्न थालेपछि आयोजना प्रभावित क्षेत्रमा माछा संरक्षणको कार्यलाई अगाडी बढाएको हो ।

माछा संरक्षणका लागि मादी नदीको व्यास-५ मा रहेको मादी र सेतीको दोभानदेखि कास्कीको मादी गाउँपालिका वडा नं ५ स्थित रहेको भैसे पुलसम्मको करिब ४५ किलोमिटर क्षेत्र तोकिएको आयोजनाका माछा विज्ञ कृष्णहरि पनेरुले जानकारी दिए ।

‘माछालाई एउटा निश्चित क्षेत्रमा तोकेर संरक्षण गर्नुपर्छ, मादी नदी सिधै हिमालको पानी बग्ने हुनाले माछा संरक्षण गर्न सहज हुन्छ’, उनले भने, ‘माछा संरक्षणका लागि मादी अफसेट कार्यक्रम निर्माण गरिएको छ ।’

जसअन्तर्गत तोकिएको क्षेत्रमा मुख्यतः असला र सहर माछाका प्रजातिलाई संरक्षण गरिने भएको छ । मादी अफसेट कार्यक्रम अन्तर्गत तोकिएको क्षेत्रमा मात्र माछा मार्ने क्रियाकलाप गर्ने र माछा मार्न करेन्ट, विषादी तथा विष्फोटक पदार्थ प्रयोग गर्न रोक लगाउने माछा विज्ञ जयदेव विष्टले बताए ।

‘माछा मार्ने समुदायलाई एउट निश्चित क्षेत्र दिईन्छ, असारदेखि भदौसम्म माछा मार्न पाईदैन’, उनले भने, ‘तोकिएको क्षेत्र वरपरका शहर तथा बस्तीबाट निस्कने फोहोर मैलाको पनि उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

आयोजनाको निर्माण गदैगर्दा माछामा प्रत्यक्ष असर परेपछि मादी नदीमा माछा संरक्षण गर्न खोजिएको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाले सोमबार सभाहलमा आयोजित छलफलबाट मादी नदीका माछा संरक्षणका लागि प्रस्तावित क्षेत्रमा पर्ने चार वटा पालिकाहरुको सहभागितामा समन्वय समिति समेत गठन गरिएको छ ।

व्यास नगरपालिकाका नगरप्रमुख संयोजक रहने गरी समन्वय समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा मध्यनेपाल नगरपालिकाका नगरप्रमुख, रुपा गाउँपालिकाका अध्यक्ष, मादी गाउँपालिकाका अध्यक्ष, बोटे तथा माझी समुदायका प्रतिनिधि, वातावरण तथा सामाजिक इकाईको प्रतिनिधि र तनहुँ जलविद्युत आयोजनाका प्रतिनिधि सचिव रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker