थानीमाइमा ९१ फूलको डोली

तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित थानीमाइमा मंगलबार फूलको डोलीसहित पुगेका भक्तजनहरु । कात्तिक महिनाको तेस्रो मंगलबार ९१ फूलको डोली सहित करिब ८ हजार भक्तजन मन्दिरमा पूजाअर्चना तथा दर्शन गरेको थानीमाइ मन्दिर संरक्षण समितिले जनाएको छ ।

तनहुँ, कास्की, लमजुङ, गोरखा लगायतका ठाउँबाट सर्वसाधारण मन्दिरमा पुगेका थिए । त्यस्तै सोमबार राति जागाराम बसेर ५११ जनाले बत्ती बाल्नेका थिए । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ ।

मन्दिरमा साउन महिना, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । प्रत्येक वर्ष कात्तिक, मंसिर, माघ र फागुन महिनाको मंगलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker