अहिलेको गठबन्धन सरकारसँग जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व छ : मन्त्री दाहाल

दमौली : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनताका आशा र अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ जिल्ला कमिटीले शुक्रबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री दाहालले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार गठन भएपछि जनतामा आशा बढेको उल्लेख गरे ।

‘अहिलेको गठबन्धन सरकारसँग जनताका अपेक्षा पूरा गर्नुपर्ने दायित्व छ । हामी त्यसमा प्रतिबद्ध छौँ’, उनले भने, ‘हामी कोही पनि निराशा नभइ सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

तनहुँ जिल्ला कमिटीबाट विभिन्न योजनामा माग भएको बजेटको सन्दर्भमा आफूले गर्न सक्ने सहयोगका लागि प्रतिबद्धता जनाउँदै उनले भने, ‘यो वर्षको बजेट विनियोजन भइसकेकाले बजेट परिमार्जन भएमा तपाईहरूले भनेअनुसार र परिमार्जन नभए केही न केही सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछु ।’

यस्तै, फरक प्रसङ्गमा मन्त्री दाहालले पार्टीलाई व्यवस्थित र सुदृढ बनाउनुपर्ने बताए । एमालेलाई देशको प्रमुख शक्तिका रुपमा निर्माण गर्न सबै कार्यकर्ता एकजुट हुन आवश्यक रहेको उनले बताए ।

त्यस अवसरमा एमाले तनहुँका निवर्तमान अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र सचिव प्रदीपराज अधिकारीले जिल्लाका विभिन्न महत्वपूर्ण योजनामा बजेट विनियोजन गरिदिन आग्रहसहित मन्त्री दाहाललाई मागपत्र बुझाएका थिए ।

पृथ्वीराजमार्गको निर्माणाधीन मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा शुक्रबार स्थलगत अनुगमनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल लगायत । मन्त्री दाहालले मुग्लिन पोखरा सडक योजनाको पूर्वी र पश्चिम खण्डको स्थलगत अनुगमन गर्नुभएको छ ।

यस्तै, मन्त्री दाहालले पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तार योजना अन्तर्गत आँवुखैरेनी–पोखरा सडक खण्डको कामका विषयमा स्थलगत अनुगमन गरी जानकारी लिइएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker