बास्केटबल प्रतियोगितामा रुरु भैरव दल गण द्धितीय

भञ्ज्याङ समाचारदाता/भानु

नेपाली सेनाको १६ बाहिनी अन्तर्गत बाहिनीपति ट्रफि बास्केटबल प्रतियोगितामा रुरु भैरब दल गणका खेलाडी द्धितीय हुन सफल भएको छ ।

तनहुँको भानु नगरपालिका-१ हात्तीचौर स्थित रुरु भैरब दल गणका खेलाडी प्रतियोगितामा द्धितीय हुन सफल भएपछि बुधबार एक कार्यक्रम गरी सम्मान गरिएको छ ।

गणले भन्सार बजारबाट सिंदुर जात्रा र बाजागाजा सहित खेलाडीलाई गणमा भित्र्याई स्वागत र सम्मान गरिएको गणका गणपति प्रमुख सेनानी हिमाचलजङ शाहले बताए । सम्मान कार्यक्रममा प्रमुख सेनानी शाहले गणको नाम उच्च बनाउन सफल खेलाडीलाई बधाई दिए। काठमाण्डौंको १६ बाहिनी छाउनीमा भएको सो प्रतियोगितामा जगदल प्रथम हुन सफल भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker