प्रेस युनियन तनहुँद्वारा तीन पत्रकार पुरस्कृत, मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

भञ्ज्याङ न्यूज

नेपाल प्रेस युनियन तनहुँले तीन पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाको शनिबार आयोजित आठौ अधिवेशनका अवसरमा विभिन्न पत्रकारिता पुरस्कारबाट तीन जनालाई पुरस्कृत गरिएको हो । शाखामा स्थापित पुरस्कारबाट राष्ट्रिय समाचार समिति -रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले, कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत र युनियनका पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी पुरस्कृत गरिएको छ ।

पूर्वअध्यक्ष वाग्लेलाई ‘बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । त्यस्तै राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्युरो प्रमुख बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि पनि १० हजार रुपैयाँ रहेको छ ।

यस्तै गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ ।

पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै गण्डकी प्रदेश प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले संविधानको रक्षा र लोकतन्त्र संरक्षणमा नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । मन्त्री आलेले नेपाली पत्रकारिता क्षेत्रले लोकतन्त्रको संरक्षण र संविधान रक्षाका लागि खेलेको भूमिका सदैव स्मरणीय रहँदै आएको उल्लेख गरे । जोखिमका बीचमा पनि पत्रकारले आफ्नो धर्म निर्वाह गरिरहेको बताउँदै मन्त्री आलेले पछिल्लो समय अनलाइन पत्रकारितामा विकृति बढेको गुनासो गरे ।

पत्रकारितामा पनि विकृति बढ्दै गएकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यक रहेको भन्दै उनले भने “पत्रकारितामा पैसाको बार्गेनिङको प्रवृत्ति बढ्दै छ । पत्रकारिता चौथो अङ्ग भएकाले पत्रकारिता क्षेत्रलाई सुधार्नुपर्ने आवश्यकता छ ।” प्रेस युनियन लोकतन्त्रमा विश्वास राख्ने संस्था भएकाले प्रेस युनियनमा आबद्ध पत्रकारहरुले स्वच्छ पत्रकारिता गर्नुपर्नेमा उनले जोड दिए ।

प्रेस युनियन तनहुँका अध्यक्ष अम्मर नहर्कीको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेलले पत्रकारितामा चुनौति रहेकाले वर्तमान सरकारले पत्रकारिता क्षेत्रको समस्या सम्बोधन गर्नेमा विश्वास व्यक्त गरे ।

प्रेस युनियनका महासचिव दिलीप पौडेलले लोकतान्त्रिक आन्दोलनमा नेपाली प्रेसले खेलेको भूमिकाको चर्चा गर्दै सञ्चारमाध्यमलाई टिकाइराख्न सक्नुपर्नेमा जोड दिए ।

यस्तै, अधिवेशनले शेष महम्मद हनिफ (गोरा) मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति र्सवसम्मत निर्वाचित गरेको छ । शाखाको आठौ अधिवेशनबाट उपाध्यक्षमा खुल्लातर्फ प्रकाश अधिकारी, समावेशीमा पूर्ण विके, सचिवमा उपेन्द्र खनाल, कोषाध्यक्षमा एलोज श्रेष्ठ, सहसचिवमा शिला वाग्ले निर्वाचित भएका छन् ।

शाखाका सदस्यहरुमा दानबहादुर श्रेष्ठ, सञ्जय श्रेष्ठ, मुना कालिराज विक, सुनिता थापा, सुशीला थापा, विनिता थापा र मिलन तामाङ चयन भएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker