शिक्षकलाई स्वास्थ्य पोषण सम्बन्धी क्षमता अभिवृद्धि तालिम
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले विद्यालयका स्वास्थ्य शिक्षकहरुलाई स्वास्थ्य तथा पोषण क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनमा नगर भित्र रहेका निजी तथा सामुदायिक विद्यालयका स्वास्थ्य शिक्षकलाई दुइ दिने तालिम प्रदान गरेको हो ।
विद्यालयबाट प्रदान गरिने आधारभुत स्वास्थ्य तथा पोषणका सेवाहरु प्रभावकारी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग तथा समन्वय गर्नका लागि तालिम प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
तालिम पश्चात बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउनुको साथै शारीरिक, मानसिक, शैक्षिक, बौद्धिक विकास हुने अपेक्षा गरिएको उनले बताए ।
तालिममा नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक विद्यालयका गरी २० जना स्वास्थ्य शिक्षक तथा प्रध्यानध्यापकहरुको सहभागिता रहेको थियो । तालिममा नगरपालिकाको वरिष्ठ अस्पतााल नर्सिङ निरिक्षक कल्पना दाहाल र जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले सहजिकरण गरेका थिए ।










