म्याग्देको व्यक्तिगत घटना दर्ताका विवरणलाई प्रविधिमा रुपान्तरण

भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाले व्यक्तिगत घटना दर्ताका विवरणलाई डिजिटाइजेसन गरेको छ । गाउँपालिकाले घटना दर्ताका विवरण ढड्डामा राख्ने प्रचलनलाई विस्थापित गर्दै सम्पूर्ण विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरेको हो । जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धविच्छेदका सम्पूर्ण विवरणलाई डिजिटल प्रविधिमा रूपान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

“व्यक्तिगत घटना दर्ताका विवरण ढड्डामा राख्ने प्रचलन थियो, गाउँपालिकामा अब व्यक्तिगत घटना दर्ता डिजिटलमा रूपान्तरण भएको छ”, अधिकारीले भन्नुभयो, “यसले सबै प्रकारका विवरण खोज्न पनि सहज हुनुका साथै समयको पनि बचत हुन्छ ।” उहाँका अनुसार केही विवरण खोज्नुपर्दा ढड्डा पल्टाउनुपर्दा समस्या हुने गरेको थियो ।

गाउँपालिकाले सम्पूर्ण वडाका ३० हजार विवरण डिजिटल प्रविधिमा समावेश गरेको छ । “गत असोज महिनादेखि काम शुरु भएको थियो, सोमबार उक्त काम सम्पन्न भएपछि गाउँपालिकाले घटना दर्ताको डिजिटाइजेसन कार्य सकिएको घोषणा गरेको छ”, अधिकारीले भन्नुभयो, “कम्प्युटरमा नाम हान्नेबित्तिकै सम्पूर्ण विवरण एकैचोटी पाउन सकिन्छ ।” सरकारले देशभरका स्थानीय तहमा यो कार्य गर्नका लागि रकमसमेत उपलब्ध गराएको थियो तर कतिपय स्थानीय तहले अझैसम्म पनि उक्त कार्य गरेका छैनन् ।

गाउँपालिकाले सातवटै वडा कार्यालयका घटना दर्ताका विवरण परामर्शदातामार्फत् डिजिटाइजेसन गरेको हो । व्यक्तिगत घटना दर्ताका विवरण डिजिटल प्रविधिमा समावेश भएपछि कर्मचारीको समय बचत हुनुका साथै सेवाग्राहीले पनि छिटोछरितो सेवा प्राप्त गर्न सक्ने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker