आदिकवि भानुभक्त क्याम्पसमा आईटी बुट क्याम्प सुरु

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा बिहीबारदेखि पाँच दिने आईटी बुट क्याम्प सुरु भएको छ । बुट क्याम्पको जिल्ला समन्वय समिति प्रमुख तथा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष शान्तिरामण वाग्लेले गरे । वाग्लेले क्याम्पसको शैक्षिक प्रगति प्रशंसनीय भए पनि सूचना प्रविधि तथा रोजगारमूलक शिक्षामा अझै योजनाबद्ध सुधारको आवश्यकता रहेको बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले विद्यार्थीलाई केन्द्रमा राखेर सुविधा सम्पन्न क्याम्पस निर्माणको अभियान अघि बढाइएको उल्लेख गरे। क्याम्पस प्रमुख महाप्रसाद हटखलेले सूचना प्रविधिको क्षेत्रमा विद्यार्थीलाई अपडेट राख्न पूरक पाठ्यक्रमसहित डिजिटल मार्केटिङ तालिमको आयोजना गरिएको जानकारी दिए । बुट क्याम्पमा बिआइसिटी र बिबिए गरी ८८ विद्यार्थी सहभागी छन् । तालिम बिहानी र साँझको सत्रमा सञ्चालन हुनेछ ।

तालिममा युआई÷युएक्स डिजाइनर तथा क्रिएटिभ हेड प्रज्वल हाङ लिम्बु र डिजिटल मार्केटिङ परामर्शदाता अनुप विनोद खनालले प्रशिक्षण दिनेछन् । बिआइसिटी विभाग प्रमुख इ. घनबहादुर थापाका अनुसार यस वर्ष थप दुई बुट क्याम्प आयोजना गरिनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker