तनहुँको म्याग्दे गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम
भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिकाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अर्न्तर्गत बुधबार सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको छ । लैगिंक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको ऐक्यवद्धता भन्ने मुल नाराका साथ सञ्चालन भएको सो अन्तरक्रिया कार्यक्रममा गाँउपालिका अध्यक्ष मायादेवी राना सम्बोधन गरेकी थिइन् ।
उनले महिलाहरु हिंसामा नपरुन्, महिलाहरु खुलेर विषयवस्तु जानकारी गरनउन सकुन् भन्ने उद्देश्यका साथ विभिन्न कार्यक्रहरु आयोजना गर्न लागिएको जानकारी गराइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार शुक्रवार लैगिंक हिंसा सम्बन्धी प्रशिक्षण, स्वास्थ्य केन्द्रमा कार्यरत तीन स्वास्थ्यकर्मीलाई सम्मान, गाउँपालिकाका स्वास्थ्य केन्द्रबाट सुत्केरी भएकमा महिलाहरुलाई सुविधा प्रदान गरिने भएको छ ।
त्यस्तै, आइतवार गाँउपालिका अन्तगरत ९ माध्यमिक विद्यालयबाट एक जना छात्रालाई सहभागि गर्राई लैंगिक हिंसा न्युनिकरणमा विद्यार्थीको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता गरिने गाउँपालिकाले जनाएको छ ।










