अस्पतालबाट बेपत्ता भएका तनहुँका संगमको सेती बाँध खोल्दा शव भेटियो

उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पताल नजिकैबाट सोमबार बेपत्ता भएका तनहुँको आँवुखैरेनीका १९ वर्षीय संगम मिश्रको शव बिहीबार सेती नदीमा फेला परेको छ ।

बिहीबार पोखराकौ जौबारीस्थित सेती सिँचाई बाँधको ढोका खोलेर पानीको बहाव बढाइ खोजतलास गर्ने क्रममा नदीपुर तलपट्टी सेती नदीको बीचमा ढुंगामा अडि्कएको अवस्थामा शव फेला परेको हो ।

पोखरा-१६ लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत मिश्रलाई ज्वरो आएपछि उनका बुबा हरि प्रसाद मिश्रले सोमबार उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए । बुबा औषधि लिन गएको अवस्थामा उनी अस्पतालबाट निस्किएर हिँडेका थिए ।

खोजतलासका क्रममा मणिपालबाट नदीपुरतर्फ आउने झोलुंगे पुलमा उनको कपडा र परिचयपत्र भेटिएको थियो । उनी नदीमा हामफालेको आशंकामा उनका परिवारले सेती नदीको बहाव बढाएर खोजतलास गर्न कास्की प्रहरीलाई आग्रह गरेका थिए ।

प्रहरीले बिहीबार मध्याहृन १२ बाट दिउँसो ४ बजेसम्म सेती बाँधको ढोका खोलेकाले नदी किनारका स्थानीयलाई सतर्क रहन सूचना जारी गरेको छ ।

दिउँसो साढे ३ बजे शव भेटिएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार विकले बताए । उनका अनुसार कास्की प्रहरी र सशस्त्र प्रहरीको टोलीले शव निकालेर पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याएको छ ।

ती युवाले नदीमा हामफाल्नुको कारण भने खुलिनसकेको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker