एमसीसीको विरुद्धमा सत्तारुढ घटक जनमोर्चा सहितका दलद्वारा दमौलीमा प्रदर्शन

भञ्ज्याङ न्यूज

एमसीसी कार्यान्वयनमा नल्याउन दबाब दिंदै तनहुँको दमौलीमा बुधबार विरोध प्रदर्शन गरिएको छ । सत्तारुढ गठबन्धनमा रहेका जनमोर्चासहित ५ कम्युनिस्ट पार्टी र दुइ मोर्चाले एमसीसी विरुद्ध दमौलीमा प्रदर्शन गरेको हुन् ।

एमसीसीका विरुद्धमा नारावाजी र जुलुसहित दमौली बजार परिक्रमा गरी अनसन चौतरीमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभमा बोल्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पूर्णजित पुनले देशका शासक विदेशीको दलाल भएको आरोप लगाए । उनले ‘दलाल शासकले नेपाली जनतालाई भोट बैंकको रुपमा प्रयोग गरेका र एमसीसी मार्फ अमेरिका र भारतले जलस्रोतमा आँखा लगाइरहेको छ ।’

विरोध प्रदर्शनमा राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति तनहुँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र हाम्रो नेपाल, हाम्रो नेपाली लगायतका पार्टीका नेता तथा कार्यकर्ताहरु सहभागि भएका थिए ।

कोणसभाका वक्ताहरुले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सिर्जना गर्न उनीहरुले आग्रह गरेका छन् ।

उनिहरुले एमसीसी परियोजना कार्यान्वयनमा आए देशको राष्ट्रियता तथा स्वाधीनतामा ठूलो असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने चेतवानी दिएका छन् ।

एमसीसी परियोजना कार्वान्वयनमा आउन नदिनको लागी आफुहरुले सधैँ खबरदारी गरिरहने विरोधमा उत्रिएका दलहरुले बताएका छन् । विरोधमा सहभागिहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौ, राष्ट्रिय स्वाधिनताको रक्षा गरौ, नो एमसिसि लगायतका नारा लगाएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker