तनहुँमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या

भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-६ टुहुरेपसलमा सोमबार करिव ११:३० बजेको समयमा एक युवकले धारिलो हतियार प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार युवकको आक्रमणबाट स्थानीय ४९ वर्षीय सन्तबहादुर गुरुङको ज्यान गएको छ । धारिलो हतियार प्रहारबाट सन्तबहादुरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

घटनामा संलग्न व्यास नगरपालिका-८ कोइलेनीका आशिष परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त घटनामाथी थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।

भानु-६ का वडाध्यक्ष धिरेश खनालका अनुसार आशिष मानसिक रुपमा बिमार भएकाले झारफुक गर्न टुहुरेपसल ल्याइएको थियो । उनले भने, ‘आशिष झारफुक गर्ने ठाउँबाट भागेर करिव २ सय मिटर टाढा रहेको सन्तबहादुरको घरभित्र छिरेका थिए । घरभित्र रहेको खुकुरी लिएर बाहिरा निस्किएपछि तत्काल खुकुरी फिर्ता लिन जाँद सन्तबहादुरलाई नै प्रहार गरी हत्या गरिदिए ।’

तस्विर सामाजिक सञ्जालबाट

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker