बन्दीपुरमा अपाङ्गता भएका परिवारको निःशुल्क स्वास्थ्य वीमा
भञ्ज्याङ समाचारदाता/बन्दीपुर

तनहुँको बन्दीपुर गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम सुरु गरेको छ ।
चालु आर्थिक वर्षको बजेटमै रकमको व्यवस्था गरेर गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्ति र त्यस्ता व्यक्तिको परिवारका सदस्यहरूको निःशुल्क स्वास्थ्य वीमा गर्न थालिएको हो ।
क र ख वर्गका अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य वीमा संघ र प्रदेश सरकारले गरिदिएपनि ग र घ वर्गका अपाङ्गता भएका ब्यक्तिहरुको निःशुल्क स्वास्थ्य वीमा कार्यक्रम सुरु भएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
चालु आर्थिक वर्षमा ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता भएका व्यक्ति र परिवारका सदस्यहरूको पस्मा कार्यक्रमका लागि ६ लाख रूपैयाँ बजेट विनियोजन भएको र यसबाट करिव १७० परिवारले निःशुल्क स्वास्थ्य वीमाको लाभ दिने गाउँपालिका अध्यक्ष थापाले बताए ।









