खर तथा फुसका छाना विस्थापन गर्दै भानु

भञ्ज्याङ समाचारदाता/भानु

तनहुँको भानु नगरपालिका कार्यालयले खर तथा फुसका छानालाई विस्थापन गर्न लागेको छ । नगरपालिकाले ‘नागरिक आवास कार्यक्रम’ अन्तर्गत खरका छाना विस्थापन गरी जस्तापाताले छाउन लागिएको हो ।

नगरपालिकामा रहेका ३३६ घरधुरीमध्ये दुइ सय घरपरिवारले जस्तापाताले छाना छाउनका लागि पहिलो र दोस्रो किस्ता बुझिसकेका नगरपालिका योजना शाखाका श्रवण श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५० हजार रुपैयाँ मध्ये पहिलो किस्तामा ३० हजार र दोस्रो किस्ताबापत २० हजार रुपैयाा भुक्तानी गरिएको हो ।

तनहुँ क्षेत्र नं १ प्रतिनिधि सभासदस्य डा स्वर्णिम वाग्लेको पहलमा चालु आर्थिक वर्षमा एक सय लाभग्राही थप गरिएको नगरपालिकाले जनाएको छ । थप भएका आवासका लागि बजेट निकासा गरिदिनका लागि नगरपालिका कार्यालयले आयोजना कार्यान्वयन इकाइ पोखरालाई पत्र पठाइएको नगरप्रमुख आनन्द त्रिपाठीले बताए ।

खरका छाना मात्रै नभई विपन्न परिवारका जीर्ण जस्तापाता, पानी चुहिने र जस्ता फेर्न सक्ने क्षमता नभएका व्यक्तिलाई समेटिएकाले लाभग्राहीको संख्या बढेको नगरप्रमुख त्रिपाठीले बताए । चालु आवभित्र नगरपालिकालाई खर र फुसको छानामुक्त बनाउने योजनाअनुरुप काम भइरहेको उनले बताए ।

नगरपालिकामा चालु आवमा ५३६ योजना रहेका नगरप्रमुख त्रिपाठीले बताए । उनका अनुसार भौतिक पूर्वाधारतर्फ वडागत चार सय ७३, नगरस्तरीय ४९ र यसअघि ठेक्का आहृवान गरिएका १४ योजना गरी उक्त योजना रहेका हुन् ।

उक्त योजनामध्ये हालसम्म २३७ को लागत अनुमान तयार भई ५३ योजना सम्झौता भएका छन् । केही योजनाको कार्य सम्पन्न भई भुक्तानीको चरणमा रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker