तनहुँको घाँसीकुवामा बस दुर्घटनाहुँदा १ जनाको मृत्यु, ३५ जना घाइते

काँकडभिट्टाबाट पोखरा तर्फ आउदै गरेको ग १ ख ७८९५ नम्वरको बस पृथ्वीराज मार्ग अन्तर्गत तनहुँको ब्यास-१२ घाँसीकुवामा यात्रुबाहक बस आज बिहान करिव ६:०० बजेको समयमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ३५ जना घाईते भएका छन् ।

बस सडकबाट अनियन्त्रित भई सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा पठाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker