यात्रु बहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ घाइते (घाइतको विवरण सहित)

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँवुखैरेनी गाउँपालिका–१ बरादीको सत्रसयमा आज दिउँसो करिब १५ः४० बजेको समयमा यात्रु बहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा चितवन भरतपुरको श्रृष्टीचोक बस्ने वर्ष २२ की सुमिना सापाकोटा रहेको तनहुँ प्रहरीले जनाएको छ । उनको घुडा र मुखमा गम्भिर चोट लागेको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
दमौलीबाट मुग्लिन तर्फ जाँदै गरेको बा५ख २९९९ नम्बरको बस चालकले नियन्त्रण गुमाई सडकको छेउको कल्भर्टमा पल्दान पुग्दा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्थानीयका अनुसार बसको अगाडि गुडिरहेको मोटर साइकल अनियन्त्रित भई सोही स्थानमा दुर्घटना भएको र उक्त मोटर साइकललाई जोगाउन खोज्दा बस पनि अनियन्त्रित भइ दुर्घटना हुन पुगेको थियो ।
दुर्घटना भएको बसमा करिब १४ जना यात्रुहरू सवार रहेको बताइएको छ । घाइतेलाई आँबुखैरेनी अस्पतालमा उपचार गरिएको छ ।
घाइतेको विवरण
आबुखैरेनी अस्पताल उपचार भैरहेका :
१) जिल्ला कैलाली जोशीपुर गा.पा. २ बस्ने वर्ष २३ की लक्ष्मी बनादी, टाउकोमा चोट, अवस्था मध्यम ।
२) जिल्ला धनगदी बसबरीया गा.पा. ५ बस्ने वर्ष २२ की अन्जली शाही,दायाँ आखा र ढाडमा चोट,मध्यम
३) जिल्ला तनहुँ म्याग्दे गा.पा.७ बस्ने वर्ष १९ को किसान वि.क.,बाया आखा,वाया हात खुट्टा दुबैमा चोट,मध्यम
४) जिल्ला तनहुँ व्यास न.पा. १२ बस्ने वर्ष १९ को सुनिल वि.क. वाया हात खुट्टामा चोट, सामान्य
५) जिल्ला कास्की पो.म.न.पा. ८ बस्ने वर्ष २२ की आयुषा पौडेल, दाया हात खुट्टा र टाउकोमा चोट, अवस्था मध्यम।
६) जिल्ला गोरखा सिरानचोक गा.पा. ४ बस्ने वर्ष ५१ को सुनिल ढकाल निधार र वाया खुट्टा, ढाडमा चोट, अवस्था मध्यम।
७) जिल्ला लमजुङ वेशीशहर न.पा. ३ दिपुर बस्ने वर्ष ४१ को कृष्ण व.पाण्डे, टाउकोमा भित्री चोट,मध्यम
८) जिल्ला तनहुँ ब्यास (वडा न.नखुलेको) बस्ने वर्ष १३ की आस्था काफ्ले टाउकोमा चोट, अवस्था सिरियस, ऐ. १६ः२० बजे थप उपचारको लागि चितवन नारायणी सामुदायिक अस्पताल चितवन रिफर
९) जिल्ला गोरखा सिरानचोक गा.पा. ४ बस्ने वर्ष ४२ को राम शरण कुवर, अनुहारमा चोट,सामान्य ।
१०) जिल्ला गोरखा शहिद लखन गा.पा. २ घर भई हाल जिल्ला तनहुँ बन्दीपुर गा.पा. १ बस्ने वर्ष ५९ को उज्वल वि.क. अनुहारमा चोट, बाया हातमा चोट, छातीमा भित्री चोट, अवस्था मध्यम ।
११) जिल्ला तनहुँ भानु न.पा. १० बस्ने वर्ष ५० को खेमराज लौडारी, सामान्य
१२) ऐ.ऐ. बस्ने वर्ष १७ को प्रशान्त लौडारी,सामान्य
१३) जिल्ला तनहुँ आबुखैरेनी गा.पा. ३ बिच बजार बस्ने बर्ष ४२ की दमन्ती माया नेपाल, अनुहारमा चोट, अवस्था मध्यम, ऐ. १६ः२५ बजे थप उपचारको लागि चितवन नारायणी सामुदायिक अस्पताल चितवन रिफर