प्रेस चौतारी गण्डकीको अध्यक्षमा पौडेल, महासचिव गुरुङ
भञ्ज्याङ न्यूज

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको ऐतिहासिक प्रथम अधिवेशनबाट प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गरिएको छ । पोखरामा विहीबार सम्पन्न अधिवेशनले अध्यक्षमा इन्द्र पौडेललाई र्सवसम्मत चयन गरेको छ ।
प्रदेश कमिटीको उपाध्यक्षमा उमाकान्त शर्मा र उपाध्यक्ष (महिला) रोशनी गुरुङ, महासचिवमा आश गुरुङ चयन भएका छन् भने सचिवमा कमल सुवेदी, सचिव -समावेशी) गोपाल जिटी र भविश्वर पाण्डेले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।
यस्तै, अधिवेशनबाट प्रदेश कमिटीको सदस्यहरुमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टर्राई, रोशन लामिछाने, अमिर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्दव कुमाल, कुमार पौडेल, बसन्त अधिकारी चयन भएका छन्।
अन्य सदस्यहरुमा सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, चित्र गुरुङ, शर्मालिा विक, राजन उपाध्याय, युवराज गुरुङ, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, चित्र गुरुङ्ग, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कंडेल चयन भएका छन ।










