शैक्षिक गुणस्तर सुधारका लागि समुदायको भूमिका महत्वपूर्ण हुन्छ : सांसद श्रेष्ठ

भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि समुदायको भूमिका महत्वपूर्ण हुने बताएका छन् । व्यास-५ ठुलोटारस्थित उदय माध्यमिक विद्यालयको ४९औ वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

‘विद्यालयको विकास र समृद्धिका लागि समुदाय लाग्नुपर्छ’, उनले भने, ‘शैक्षिक क्षेत्र समाज रुपान्तरणको माध्याम भएको हुँदा गुणस्तरीय शिक्षाका लागि सरोकारवाला पक्ष गम्भिर बन्नुपर्दछ । विद्यालयको सर्वागिण विकासका लागि आफु सधै क्रियाशिल रहने छु ।’

वार्षिकोत्सव समारोहमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले विद्यालयको सुधारका लागि पालिकाले काम गरिरहेको बताए । शैक्षिक सुधारका लागि संघप्य सरकारबाट आएको बजेटमा पनि आवश्यकताको आधारमा वितरण गर्दै आएको उनले बताए ।

सामुदायिक विद्यालयको विश्वासनियता माथि आम समुदायले प्रश्न उठाइरहेको सन्दर्भमा सरोकारवाला पक्ष गम्भिर भएर लाग्नुपर्ने बताउँदै उनले भने, ‘पालिका भित्रको जुन विद्यालयको कमजोरी पनि मेयरलाई नै दोष दिने परिपाटी भएको हुँदा विद्यालयको गुणस्तर सुधार्नका लागि आफु लागि रहेको छु ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमाल, व्यास-५ का निवर्तमान वडाध्यक्ष मोहन कुमार श्रेष्ठ, व्यवस्थापन समितिका पूर्व अध्यक्ष यज्ञ खनाल, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्ष हातेमालो गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै, वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा चन्दादाता, जग्गादाता, अक्षयकोष स्थापना गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको शिक्षक प्रकाश थापाले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker