शुक्लागण्डकीको पञ्चमुनिदेव मावि ‘बेस्ट स्कुल अफ द इयर–२०८३’ बाट सम्मानित

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालय ‘बेस्ट स्कुल अफ द इयर–२०८३’ बाट सम्मानित भएको छ । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल -प्यान)ले प्रदान गरेको उक्त सम्मान प्राप्त गरेपछि विद्यालयमा बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले विद्यालयको प्रगतिप्रति शुभकामना व्यक्त गर्दै आगामि दिनमा पनि शैक्षिक गुणस्तर कायमै गर्दै अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष राजकुमार वाग्ले र नगर शिक्षा अधिकृत टेकावती ढकाल लगायतले विद्यालयले प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रूपा पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले विद्यालयले प्राप्त गरेको सम्मानले शैक्षिक गुणस्तर सुधार, संस्थागत विकास र विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
विद्यालय परिवारले यस सम्मानलाई शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति तथा शुभेच्छुकहरूको सामूहिक प्रयासको प्रतिफलका रूपमा लिएको जनाएको छ । प्राप्त उपलब्धिलाई आगामी दिनमा शैक्षिक गुणस्तर र विद्यालयको गरिमा अझ उचाइमा पुर्याउने प्रेरणाका रूपमा लिँदै विद्यालयले आफ्नो शैक्षिक यात्रालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker