वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्न देवघाटधाममा गण्डकी परिक्रमा महोत्सव

तनहुँको प्रसिद्ध देवघाटधामको धार्मिक एवं भौतिक विकासलाई संवद्र्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले गण्डकी परिक्रमा महोत्सव हुने भएको छ । देवघाटको धार्मिक महत्वको संवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा आजदेखि देवघाटधाम गण्डकी परिक्रमा महोत्सव हुन लागेको हो ।

आज बिहान तनहँुतर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम (सिद्धेश्वर महादेवको मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर महादेव मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रीनाथ मन्दिर), देवपुर (साँढेबगर बौद्धगुम्बा) भुबराह मन्दिर (मणिमुकुन्देश्वर चक्रवर्ती आश्रम)को परिक्रमा गर्ने कार्यक्रम रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै चितवनतर्फ देवघाट बसपार्क (सङ्कल्पेश्वर महादेव मन्दिर, देछेन थर्वालिङ बौद्ध गुम्बा), विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, राधाकृष्ण मन्दिर, सीताराम संस्कृृत मावि, योगी नरहरिनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आपँटारी (दियालो बङ्गला चोक), पोखरा बसपार्क (गौरेश्वर शिव मन्दिर), नारायणगढ (हरिहर मन्दिर), नारायणगढ पुलचोक (दुर्गा मन्दिर)को परिक्रमा गरिने छ ।

नवलपुरतर्फ गैँडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, सुकदेव भागवत आश्रम, रमानुज वेद आश्रम, राधाकृष्ण मन्दिर, दिव्यधाम मन्दिरको परिक्रमा गरिने घिमिरेले बताउनुभयो । उक्त महोत्सवअन्तर्गत देवघाटधामको पूर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलकाली भगवतीको दर्शन, धार्मिक पर्यटनको प्रवद्र्धन, दुर्लभ देव नदीको पुजन, धार्मिक नगरी नारायणगढको अवलोकन, रमणीय पर्वतको परिक्रमा तथा बैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसारको कार्यक्रम छ ।

देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रमको तयारीका लागि देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीको अध्यक्षतामा सोमबार तयारी बैठक बसेको थियो । बैठकमा गलेश्वर आश्रमका पिठाधीश अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापालगायतका समितिका पूर्वअध्यक्ष, वडाध्यक्ष, राजनीतिक दलका स्थानीय प्रतिनिधि, विभिन्न सामाजिक, शैक्षिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker