बन्दीपुरको बजार अनुगमन : पाउरोटी भण्डारलाई जरिवाना

भञ्ज्याङ समाचारदाता/डुम्रे

तनहुँको बन्दीपुर गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । गाउँपालिकाका राजश्व शाखा प्रमुख दिनेश पौडेलको संयोजगत्वमा रहेको अनुगमन समितिले मंगलबार डुम्रे बजारका विभिन्न पाउरोटी भण्डार र बेकरी उद्योगहरुको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा बन्दीपुर-१ को पिप्लेस्थित शिव पाउरोटी उद्योगले सरसफाइमा लापरबाही गरेको, पाउरोटी र केक बनाउँदा अखाद्य वस्तुको मिसावट गर्ने गरेको र उद्योग दर्ता नगरी संचालन गरिएको पाइएकाले २५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमन टोलीले उद्योगीलाई आगामी दिनमा कैफियत देखिए शिल गरिने वडा नं. १ का वडा अध्यक्ष शिबकुमार श्रेष्ठले बताए ।

यस अघि गाउँपालिका अन्तर्गत रहेका वडा नं. २ र ४ को बजार क्षेत्रका खाद्यान्न, किराना, फ्रेस हाउस, होस्टलहरुमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक पौडेलले बताए । र्सवसाधरणको जनगुनासो पछि सरोकारवाला निकायको टोलीसहित अनुगमन गरिएको र दर्ता नविकरण नगर्नेहरुलाई ७ दिनभित्र गाउँपालिकामा उपस्थित हुन भनिएको उनले बताए ।

व्यापारिहरुलाई मनोमानि ढंगले सर्वसाधरणलाई मार हुने गरी बिक्री वितरण नगर्न र बदमासी नगर्न प्रहरीले समेत निर्देशन दिएको छ । पालिकाले उपाध्यक्ष पञ्चमाया गुरुङको संयोजकत्वमा चाडपर्व लक्षित अनुगमन र अन्य समयमा समेत बजार अनुगमन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker