वेमौसमी लहरेवालीका विरुवा वितरण

तनहुँको म्याग्दे गाउँपालिका-१ टाकराङ, वरच्याङ र व्यास नगरपालिका-५ सौराहका कृषकलाई वेमौसमी लहरेवाली (काँक्रा, करेला, लौका, घिरौला)का विरुवा वितरण गरिदै ।

यूयनडिपी-जिईएफ-यसजिपीको आर्थिक सहयोग र उर्जा तथा वातावरण नेपालको प्राविधिक सहयोगमा सञ्चालित जलवायुमैत्री कृषि नामक कार्यक्रम अन्तर्गत समुदायमै उत्पादित ९०० वटा करेला, लौका ९०० वटा, घिरौला ११०० र काँक्रा १७०० वटा विरुवा वितरण गरिएको छ ।

जलवायुमैत्री कृषि नामक कार्यक्रम अन्तर्गत भकारो सुधार (सुधारिएको गोठ), घासबाट रासायनिक मल तथा जैविक विषादी तथा गोठेमल उत्पादन लगायतका कार्यमा कृषकलाई सहजिकरण गरिएको छ । यहाँका ६० जना कृषकहरुले २० रोपनी क्षेत्रफलमा अर्ध व्यावसायिक करेसावारी गरेका छन भने ३० रोपनी क्षेत्रफलमा लहरेवाली खेती गरिएको उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदीले बताए ।

तस्विर : भञ्ज्याङ










