छाब्दी बाराही मन्दिरको छाना तामाले छाइने

भञ्ज्याङ समाचारदाता

तनहुँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध धार्मिक पर्यटकस्थल छाब्दी बाराही मन्दिरको जीर्णोद्वारको काम पुरातात्विक भक्तपुरे इटाको प्रयोग गरी मन्दिर निर्माण र मन्दिरको छाना तामाको पाताले छाउन काम सुरु गरिएको छ ।

विसं २०७९ वैशाख १९ देखि सुरु गरी २०८० जेठ मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छाब्दी बाराही मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय सामाजिक विकास कार्यालयमार्फ रु १५ लाख र स्थानीय श्रमदान रु एक लाख २० हजार २५८ को लागतमा मन्दिर पुनःनिर्माण गर्न लागिएको हो । मन्दिरको निर्माण कार्य भइरहे पनि पूजाअर्चनाका लागि आउने भक्तजनलाई कुनै किसिमको बाधा नपुग्ने गरी काम गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारले विनियोजन गरेको बजेटले छाना छाउन पुग्नेछ । उहाँले भन्नुभयो, “मन्दिरको अन्य भौतिक संरचना निर्माणका लागि मन्दिर संरक्षण विकास कोष, चन्दा सङ्कलन र स्थानीय श्रमदानबाट काम गर्ने योजना छ ।”

मन्दिरको संरचना निर्माण लगायतका कामका लागि करिब रु ८५ लाखको लागत अनुमान रहेको मन्दिर पुनःनिर्माण समितिले जनाएको छ । उक्त क्षेत्रका करिब दुइ सय घरधुरीका दुइ हजार पाँच सय मानिस प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker