गण्डकीको ६६ हजार हेक्टर जमिनमा सिंचाइ

भञ्ज्याङ समाचारदाता/तनहुँ

गण्डकी प्रदेशको कुल क्षेत्रफल २१ हजार ७३३ वर्ग किलोमिटर छ । जसमध्ये ६६ हजार ४५७ हेक्टर जमिन सिँचित भएको छ । गण्डकी प्रदेश सरकारले सार्वजनिक गरेको ६ वर्षे पुस्तकका अनुसार उक्त क्षेत्रफलमा भरपर्दो सिँचाइ सुविधा पुगेको उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा नयाँ आयोजनाको विकास तथा मौजुदा सिँचाइ प्रणालीको पुनःस्थापना तथा सुधार, कृषक कुलो सुधार र स्तरोन्नतिबाट जम्मा ९६ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । प्रदेश सरकारको सिँचाइ सुविधा विस्तार गर्ने नीतिअर्न्तर्गत स्याङ्जाको चापाकोट टार, तनहुँको अत्रौलीपुट्टार, पर्वतको फलेवास र लमजुङको रम्घाटार सिँचाइलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

यी सिँचाइ प्रणाली एवं सतह सिँचाइ, नयाँ प्रविधिमा आधारित र भूमिगत स्यालो तथा डिप ट्युबवेल आयोजना कार्यान्वयनबाट जम्मा ४ हजार ६१ हेक्टर जमिनमा नयाँ कमान्ड क्षेत्र विस्तार गरिएको उक्त पुस्तकमा उल्लेख छ । कृषक कुलो स्तरोन्नति तथा पुनर्स्थापना सुधारबाट १४ हजार ६५३ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने गरी नवीकरण गरिएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव गणेशराज वस्तीले जानकारी दिए । उनका अनुसार नवलपुरको उल्टीखोलामा नयाँ बाँध निर्माण गरी सिँचाइ योजना सञ्चालनमा ल्याइएको छ ।

पोखराको सेती नहर प्रणालीको बाँध पुनःस्थापना कार्य पनि सम्पन्न भएको सचिव वस्तीले बताए । सालबसाली रूपमा नदी नियन्त्रण र तटबन्धका योजना सम्पन्न गरी हालसम्म ९६ किलोमिटर तटबन्ध निर्माण भई बस्ती, बजार, जग्गा, भौतिक र साँस्कृतिक सम्पदाको संरक्षण भएको छ भने, ३ हजार १८५ हेक्टर जग्गा उकास गरिएको मन्त्रालयको तथ्यांक छ । यसबाट हालसम्म सिँचाइ तथा नदी नियन्त्रणतर्फ १ लाख ४१ हजार ९१७ जना लाभग्राही लाभान्वित भएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker