मुग्लिन-पोखरा सडक बिस्तार : पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति

भञ्ज्याङन्यूज

गण्डकी प्रदेशको लाइफलाइनका रुपमा रहेको पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक बिस्तार आयोजना अन्तर्गत पूर्वी र पश्चिम गरी दुइ खण्डमा निर्माण भइरहेको छ । आयोजनाले दिएको जानकारीअनुसार हालसम्म पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको अन्तिम बिन्दुमा पर्ने तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फकालोपत्र गर्दै आइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए।

उनका अनुसार राजमार्गको आँबुखैरेनी, बन्दीपुर, व्यास र म्याग्दे खण्डमा गरी एकतर्फी कूल २८ किलोमिटर र दुइतर्फी १५ किमी कालोपत्र गरिएको छ । अहिले कालोपत्रलाई प्राथमिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

पूर्वी खण्डमा ४१ दशमलव सात किमी दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।

उक्त खण्डको अन्तिम म्याद विसं २०८१ वैशाखसम्म रहेको छ। कोभिडको समयमा निर्माण स्थगित भएकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ ।

यस्तै, पश्चिम खण्डमा दुइ लेनको गरी साढे सात किमी सडक कालोपत्र भइसकेको छ । वर्षाअघि कल्भर्ड र नाला निर्माणलाई प्राथमिकता दिइएको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए ।

“पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा ढिलो काम सुरु गरेका कारण सोचेअनुरुप प्रगति हासिल गर्न नसकेको हो”, उनले भने, “पछिल्लो समय लक्ष्यअनुरुप निर्माण गर्न थालेपछि प्रगति बढ्न थालेको छ।”

पहिरा खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने आयोजनाले जनाएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र भइरहेको छ । पश्चिम खण्ड अर्न्तगत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ ।

उक्त खण्डमा चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । यस खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भ्ादौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker