आदिकवि भानुभक्त क्याम्पस र विद्यालयबीच सहकार्यका विषयमा अन्तरक्रिया

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस र छिमेकी विद्यालयबीच सहकार्य सम्बन्धमा बिहीबार अन्तरक्रिया गरिएको छ । ‘शैक्षिक उत्कृष्टताका लागि विद्यालय र क्याम्पसलाई जोडौँ’ भन्ने नारासहितको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले क्याम्पससँग शैक्षिक तथा प्राविधिक स्रोत र जनशक्ति साझेदारीमार्फत विद्यालयहरूको गुणस्तरीय शिक्षा अभियान सशक्त हुने बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले जिल्लाका विद्यालयसँगको सहकार्य क्याम्पसको शैक्षिक उन्नतिका लागि अपरिहार्य रहेको उल्लेख गरे ।

क्याम्पस प्रमुख महाप्रसाद हडखलेले विद्यालयलाई शिक्षक तालिम, करियर काउन्सेलिङ, सूचना प्रविधि सहयोग, सांस्कृतिक आदानप्रदान र स्रोत साझेदारीका लागि क्याम्पस–विद्यालयबीच यमओयू गर्ने प्रस्ताव राखे ।

कार्यक्रममा सहभागी विद्यालय प्रधानाध्यापकहरूले विद्यालयको शैक्षिक विकास, मनोसामाजिक तथा पेशा परामर्श, छात्रवृत्ति सुविधा, र विज्ञान, अंग्रेजी तथा गणितमा जनशक्ति उत्पादनका लागि क्याम्पसले विशेष पहल गर्न सुझाव दिए ।

सहायक क्याम्पस प्रमुख विशेश्वर तिमलसेनाको अध्यक्षतामा आयोजित अन्तरक्रियामा व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका २५ विद्यालयका प्रधानाध्यापक सहभागी रहेको बिमल गिरीले जानकारी गराए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker