विद्यालयका बस चालक र सहचालकलाई ट्राफिक सचेतना

दमौली : एलायन्स क्लब तनहुँले दमौली बजारमा रहेका विद्यालयका बस चालक र सहचालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना प्रदान गरेको छ । क्लवले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी बिहीबार सचेतनामूलक कार्यक्रम गरेको हो ।

प्याव्सन र एनप्याव्सन तनहुँको सहकार्य तथा व्यास नगरपालिकाको सहयोगमा व्यास नगरपालिकाभित्र सञ्चालन भइरहेका विद्यालय बसका चालक र सहचालकलाई लक्षित गरी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको क्लवले जनाएको छ ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षक उमेश बस्नेतले विद्यालयका बस चालक र सहचालकलाई दुर्घटना न्यूनीकरण गर्ने तरिका तथा यात्रुहरूको सुरक्षासम्बन्धी सहजीकरण गरेका थिए ।

व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले बालबालिकाहरू भविष्यका कर्णधार भएको कारण उनीहरूको सुरक्षामा चालक–सहचालकले उच्च जिम्मेवारीपूर्वक सवारी साधन सञ्चालन गर्नुपर्नेमा जोड दिए । प्रहरी निरीक्षक शिवप्रसाद पाठकले सहभागीहरूलाई ट्राफिक सचेतना सम्बन्धी जानकारी दिँदै सुरक्षित, जिम्मेवार र अनुशासित ढंगले बस सञ्चालन गर्न आग्रह गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker