तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति

तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले सञ्चालनमा ल्याएका तीन वटै प्याकेज (चरण)का कार्यलाई तीव्रता दिँदै आएकाले उक्त कार्य प्रगति हासिल गरेको हो ।

प्याकेज-१ मा ३५, प्याकेज-२ मा ५५ र प्याकेज-३ मा ७३ प्रतिशत कार्य प्रगति भइसकेको आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । प्याकेज-१ र २ मा निर्माण धमाधम भइरहेको भन्दै प्याकेज-३ मा प्रसारण लाइनका लागि रुख कटान नहुँदा निर्माण प्रभावित भएको उनले बताए ।

तनहुँको तुलनामा चितवन खण्डमा सालका ठूला रुख कटान गर्नुपर्ने र केन्द्रीयस्तरबाट रुख कटानको आदेश नभएसम्म काम अघि बढाउन नसक्ने उनले बताए। दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल र्सर्किट प्रसारण लाइनको लागि प्याकेज-३ अर्न्तर्गत ३४.७ किलोमिटर दूरीमा प्रसारण लाइनको काम अघि बढाइएको थियो । कूल ९४ वटा टावरमध्ये ७६ वटा टावरको फाउण्डेसन कार्य सम्पन्न भएको छ, भने ५६ वटा टावर बनाइ सकिएको छ ।

उक्त प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेशनल लिमिटेड भारतले ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो । निर्माण सम्पन्न गर्ने सम्झौता अवधिसमेत समाप्त भइसकेको सो आयोजनाले जनाएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत -प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । जसमा एडिबीले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker