युनेस्को विश्व महासंघ एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्वाचित

भञ्ज्याङ न्यूज

युनेस्को विश्व महासंघ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ ।

युनेस्को महासंघ एसिया तथा प्रशान्त क्षेत्रको काजकस्तानको राजधानी अलमाटिमा आइतबार सम्पन्न २६औं साधारण सभाबाट नेपाल उपाध्यक्षमा चुनिएको हो ।

त्यस क्षेत्रको १२ देशले सहभागीता जनाएको अधिवेशनमा दुइ उपाध्यक्ष पदका लागि नेपाल र भियतनामको मात्र उम्मेदवारी दर्ता भएकाले दुबै देश उपाध्यक्षमा निर्विरोध हुन सफल भएका हुन् । नेपालबाट युनेस्को महासंघका अध्यक्ष तथा भानु नगरपालिकाका मेयर आन्नदराज त्रिपाठी चुनावी मैदानमा उत्रिएका थिए ।

अध्यक्षमा भने कोरिया र फिलिपिन्सले दावि गर्दै उम्मेदवारी दिएका थिए । कोरिया र फिलिपिन्सबीचको प्रतिस्पर्धामा मतका आधारमा कोरिया अध्यक्षमा निर्वाचित भएको हो । कोरियाले १० मत प्राप्त गर्यो भने फिलिपिन्सले २ मत मात्र प्राप्त गरेको थियो । कोरियाबाट सञ्जु ली चुनावी मैदानमा उत्रिएकि थिइन ।

उपाध्यक्षमा निर्वाचित भएपछि नेपाल युनेस्को महासंघ तथा क्लबहरुको राष्ट्रिय महासंघका अध्यक्ष त्रिपाठीले एसिया तथा प्रशान्त क्षेत्रमा युनेस्को अभियानलाई सशक्त रुपमा अगाडि बढाउन सक्रिय भूमिका खेल्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker