तालघरेस्थित बुल्दीखोलामा महिलाको शव फेला, पहिचान हुन सकेन

दमौली : तनहुँको व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा एक महिलाको शव फेला परेको छ । डिहीगाउँ जाने पक्कीपुल मुनि अन्दाजी ३०/३५ वर्षीया महिलाको आज बिहान शव फेला परेको हो ।
पानीमा डुबी रहेको अवस्थामा फेला पारी तत्काल उद्धार गरी निजलाई उपचारको लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अशोक थापाले जानकारी दिए ।
निजको शव परीक्षणका लागि अस्पातलमा राखिएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए ।
उनले भने, ‘शरीरको माथिल्लो भागमा भेण्टा रङको टिसर्ट लगाएको, उक्त टिसर्टको अगाडी सेतो खैरो रङको गुडियाको चित्र भएको, उचाई ५ फिट २ ईन्च भएको महिलाको सनाखतको प्रयास भइरहेको छ ।’










