डुम्रेबाट बन्दीपुर अस्पतालको सेवा विस्तार

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत बन्दीपुर अस्पतालले बन्दीपुर–१ डुम्रेबजारबाट सेवा विस्तार कार्य अगाडि बढाएको छ। डुम्रेबाट सेवा विस्तारका लागि बिहीबार गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, अस्पतालका प्रमुख डा. अनिल गिरीले पूजा–अर्चना सहित औपचारिक रूपमा गृह प्रवेश गरेका छन् ।

सेवा विस्तारका लागि बिहीबारनै हस्तान्तरण प्राप्त सामग्रीहरूको एकीन रुजु गरी भवनको सरसफाइ गर्न थालिएको अस्पतालका प्रमुख डा. अनिल गिरीले जानकारी गराए । उनका अनुसार आवश्यक सामग्री र संरचनाको अवस्थाअनुसार अझ केही दिन विशेष सरसफाइ कार्य जारी राख्नुपर्ने देखिएको र सामग्रीहरू आवश्यकताअनुसार व्यवस्थित गर्ने कार्य पनि सुरु गरिएको छ ।

सेवा विस्तार शाखामा बिहीबारदेखि कर्मचारी ड्युटी रोस्टर लागू गरिएको छ । अर्को साताभित्र पहिलो चरणको पूर्ण सरसफाइ तथा स्ट्रक्चरल लेआउट व्यवस्थापन पूरा गरी सेवा सुचारु गर्ने तयारीमा रहेको प्रमुख डा. गिरीले बताए ।

अस्पतालले उपलब्ध स्रोत, साधन र जनशक्ति अनुरूप सेवाहरूलाई क्रमिक रूपमा तालिका बनाउँदै विस्तार गरिने भएको छ । सेवाप्रवाह सहज र प्रभावकारी बनाउन समन्वय र आवश्यक सहयोगका लागि सम्बन्धित सबैलाई अनुरोध गरिएको छ । विस्तृत सेवा तालिका आगामी सातामा सार्वजनिक गरिने अस्पतालले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker