क्षमायाचना सहित नेता पौडेलले भने : ‘मेरो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन’
भञ्ज्याङ न्यूज

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो भनाईलाई विभिन्न माध्यमबाट विभिन्न तर्क सहितका व्याख्या गरिदा गुणादी वासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु भनेका छन् ।
वरिष्ठ नेता पौडेलले सामाजिक फेसबुक पेजमा दमौली खानेपानी बारे मेरा भनाई ! भनि पोष्ट गर्दै आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताएका छन् ।
तनहुँको म्याग्दे-१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि पौडेलले मंगलबार प्रेस विज्ञप्ती जारी गरी आफ्नो भनाईलाई विभिन्न माध्यमबाट तर्कसहितका व्याख्या सहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकामा क्षमायाचना गरेका छन् ।
उनले भनेका छन्, ‘गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदीको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ । त्यस अघि गुणादी लगायत अन्य श्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या -अपुग) थियो । दमौली आसपास पानीको मुलबाट चुन ढुङ्गा मिश्रति पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्द पानी पाइरहेका छन् ।’
वरिष्ठ नेता पौडेलले एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गुणादीको पानीलाई चुना परेको पानी र त्यसले स्वास्थ्यमा असर पारेको आसयको अभिव्यक्ति दिएपपछि स्थानीयवासी आक्रोशित भएर दमौली आउने पानीको मुहान बन्द गरिदिएका छन् ।
पौडेलले जनताको स्वास्थ्य र जनताको हित विपरित कुनै काम गर्नु राम्रो नभएको बताउँदै त्यसतर्फध्यान पुर्याउन आग्रह गरेका छन् ।
https://www.facebook.com/photo/?fbid=624825395672991&set=a.402750051213861