क्षेत्रीय होटल संघ दमौलीको सभापतिमा बालकृष्ण

क्षेत्रीय होटल संघ तनहुँ दमौली बजार इकाईको सभापतिमा बालकृष्ण आले चयन भएका छन्। सोमबार दमौलीमा आयोजित इकाईको १६औं साधारणसभा तथा आठौँ अधिवेशनले आलेको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपसभापतिमा अनुप दाहाल र देवी कुमारी थापा, सचिवमा सन्तोष दाहाल, कोषाध्यक्षमा सीता पहारी र सहसचिवमा टीका थापा चयन भएका छन् । यस्तै समितिको सदस्यहरूमा बिन्दु सेढाइ, छलिमाया दरै, सुन्तली दरै, बिमला सेढाइ, नवीन गुरूङ चयन भएका छन् ।

अधिवेशनको उद्घाटन गर्दै क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष जीवन शाहीले होटल व्यवसायीहरू एकजुट हुनुपर्ने बताए । जिल्लामा रहेका सम्पूर्ण व्यवसायीलाई क्षेत्रीय होटल संघमा गोलवद्ध हुन आग्रह गर्दै अध्यक्ष शाहीले सबै एकैठाउँमा भए संघ बलियो हुने बताए ।

दमौली बजार इकाईका सभापति शंकर अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बिकास खनाल, प्रथम उपाध्यक्ष चन्द्र कुमार कायस्थ, महासचिव रामचन्द्र खड्का, डुम्रे बजार इकाईका सभापति सन्तोष थापा, दमौली बजार इकाईका उपसभापति बालकृष्ण आले, सचिव अनुप दाहाल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए । कार्यक्रममा सचिव अनुप दाहालले सचिवको तथा कोषध्यक्ष सुजन अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker