तनहुँको डुम्रेमा बस र म्याजिक जिप ठोक्किँदा दुई गम्भीर घाइते

तनहुँ : तनहुँको बन्दिपुर गाउँपालिका–४ सानो डुम्रेस्थित मोति अस्पताल अगाडिको पृथ्वीराजमार्गमा बुधबार बिहान बस र म्याजिक जिप ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन्।

बिहान ५:३० बजे डुम्रेबाट नारायणगढतर्फ जाँदै गरेको ना १ ज ८३२८ नम्बरको म्याजिक जिपलाई सोही दिशातर्फ जाँदै गरेको ना ८ ख ८४१३ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा म्याजिक जिप चालकसहित चार जना सवार थिए। तीमध्ये दुई जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको परिचय यस्तो छः

रिता पोख्रेल, ४५ वर्ष, बन्दिपुर–१, टाउकोमा गम्भीर चोट, अवस्था गम्भीर। चितवन मेडिकल कलेज (CMC) रिफर।

सुवास कुमाल, ३२ वर्ष, गोरखा नगरपालिका–७, छातीमा चोट, अवस्था मध्यम। चितवन मेडिकल कलेज (CMC) रिफर।

घाइतेहरूलाई प्रारम्भिक उपचारपछि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ। बस चालक सिन्धुपाल्चोक साँगाचोकगढी–३ निवासी ३२ वर्षीय राजु गिरी र बस प्रहरी नियन्त्रणमा छन्। म्याजिक जिप र चालक समेत नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ।

दुर्घटनापछि प्रनानि विजयनाथ यादवको कमाण्डमा ७ जना सुरक्षाकर्मी र ट्राफिक प्रहरी खटिएका थिए। घटना स्थल डुम्रेदेखि करिब १ किलोमिटर दक्षिणतर्फ पर्छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker