तनहुँमा स्वर्णिम ८ हजार मतले अगाडि: गन्न बाँकी २४ हजार ९६३ मत, कांग्रेसका भट्टराईले भेट्लान् ?

तनहुँ-१ रास्वपाका उम्मेदवार स्वर्मिण वाग्ले करिब ८ हजार मतले अगाडि लागेका छन् । पछिल्लो अपडेटअनुसार ३८ हजार ७९४ मत गणना गर्दा वाग्लेले १९ हजार ६५३ मत ल्याएका छन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द भट्टराईले ११ हजार ६६९ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका सर्वेन्द्र खनाल ६ हजार २३६ मतसहित तेस्रो स्थानमा छन् ।

त्यहाँ ६३ हजार ७५७ मत खसेको थियो । अब बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकाको २४ हजार ९६३ मत गन्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker