व्यास नगर कार्यपालिकाको बैठकद्वारा तीन कार्यविधि पारित

नगरपालिकाले तीनवटा कार्यविधि पारित गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा मङ्गलबार बसेको कार्यपालिकाको बैठकले व्यास नगरपालिका स्थानीय राजश्व परामर्श समितिको कार्यसञ्चालन कार्यविधि–२०७८, व्यास नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसञ्चालन कार्यविधि–२०७८ र व्यास नगरपालिकाको अनुगमन तथा सुपरीवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि पारित भएको छ ।

बैठकले नगरपालिकामा हाल खरिद गरिएको दुई थान ठूलो ट्र्याक्टरलाई धान उत्पादनको पकेट क्षेत्रलाई सहयोग पुग्ने गरी सम्बन्धित वडाहरुको अनुगमनमा किसानलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । साथै विद्यालय व्यवस्थापन समितिको तदर्थ समितिमा सम्बन्धित विद्यालयको निवर्तमान अध्यक्षलाई अनिवार्य आमन्त्रित सदस्यका रूपमा राख्ने निर्णयसमेत भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker