भानुका कृषकलाई उत्पादनका आधारमा अनुदान वितरण

भानु । तनहुँको भानु नगरपालिकाले किसान र कृषि क्षेत्रको प्रवर्द्धनका लागि उत्पादनमा आधारमा अनुदान वितरण कार्य थालेको छ । नगरभित्र पशुपालन गरेका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरिएको छ । पालिकाको पशु विकास शाखाले वार्षिक कार्यक्रम अन्तर्गत घाँस खेती गर्ने, दुग्घ उत्पादन गर्ने र मासुका लागि पशुपालन गर्ने कृषकहरूको खातामा रकम अनुदान दिएको पशु विकास शाखाका प्राबिधिक अमित ढुंगानाले बताए ।
आर्थिक वर्ष २०८०÷८१ मा घाँस खेती विस्तार गरेका ३७ जना कृषकले १८५ रोपनीमा घाँस खेती गरेवापत ५ लाख ५५ हजार रुपैयाँ अनुदान पाएका छन् । प्रति रोपनी तीन हजार रुपैयाँका दरले उनीहरूले अनुदान पाएका हुन् ।
यस कार्यक्रम अन्तर्गत कृषकहरुले नयाँ प्रजातीका डाले तथा भुई घाँस बिस्तार गरेका छन । नगरकै लोकप्रिय कार्यक्रम बनेको हरियो घाँस विस्तार कार्यक्रम गत आर्थिक वर्ष ५ लाख ५६ हजार रुपैयाँ खर्च भएको प्राविधिक ढुंगानाले बताए । यस कार्यक्रम पश्चात पशुपालन क्षेत्रमा घाँसको परिपुर्ती गरी उत्पादन लागत कम हुने अपेक्षा गरिएको छ ।
यस्तै, नगरपालिकाले दुग्ध उत्पादनको आधारमा अनुदान दिन सुरु गरेको छ । नगरभित्रका २ वटा दुग्ध उत्पादन सहकारी मार्फत वापत ४ लाख २० हजार रकम अनुदान दिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । उत्पादनको आधारमा रहेको यो अनुदानले किसानलाई हौसला दिएको पौडेलको भनाई छ । प्रति लिटर ३ रुपैयाँका दरले किसानलाई अनुदान दिइएको र यो अनुदान कार्यक्रमले उत्पादनमा समेत वृद्धि भएको उनले बताए ।
पालिकाले एक वर्षमा १७२ वटा कुकुरको बन्ध्याकरण गरेको छ । कुकुरको संख्या बढ्दै गएको कुकुर बन्ध्याकरण गरिएको बताइएको छ ।
त्यस्तै मासु प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषकहरुलाई मासु उत्पादनको लागि पालेको बाख्रा, बंगुर, भेडा र पाडाहरूमा नगरपालिकाले अनुदान वितरण गरेको छ । कृषकहरुको फर्म, कृषक समूह र सहकारीमा नयाँ जन्मिएको बाख्राको पाठापाठीलाई प्रति गोटा ५००, बंगुरको पाठापाठी प्रति गोटा ३०० र भैसीको पाडालाई प्रती गोटा ८०० रुपैयाँका दरले ३० जना कृषकलाई ४ लाख ७४ हजार रुपैयाँ अनुदान उपलब्ध गरिएको छ ।
जसमा २ कृषि सहकारी र १ कृषक समुह सहित २७ वटा ब्यबसायीक पशुपालन फर्मलाई अनुदान वितरण गरिएको थियो । यस कार्यक्रमले भानुलाई मासुमा आत्मनिर्भर रहन र उत्पादकत्व बढाउन मदत गर्ने शाखा प्रमुख डा. सुशिल ऐरीले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker