बन्दीपुरको पर्यटनमा नयाँ गन्तव्य थपिंदै, रामकोट प्रवर्द्धनको पहल

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँको पर्यटन प्रवर्द्धन तथा विकासका लागि गाउँपालिकाले नयाँ पहल थालेको छ । रामकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले गाउँ कार्यपालिकाको बैठक बसेर आवश्यक छलफल गरिएको हो ।

बैठकले रामकोट गाउँको पर्यटन सम्भावना पहिचान गरी प्रचार–प्रसार तथा प्रवर्द्धनका कार्यक्रम अघि बढाउने विषयमा छलफल गरेको गाउँपालिकाले जनाएको छ । स्थानीय संस्कृति, जीवनशैली, प्राकृतिक सौन्दर्य र ग्रामीण परिवेशलाई पर्यटनसँग जोड्दै गाउँमा पर्यटकको आगमन बढाउने लक्ष्य राखिएको छ ।

यसैक्रममा बन्दीपुर गाउँपालिकाको टोलीले बन्दीपुर भिलेज सफारीमार्फत रामकोट गाउँ पुगेर स्थलगत अवलोकन तथा स्थानीयसँग छलफलसमेत गरेको छ । पर्यटन प्रवर्द्धनसँगै भिलेज सफारीको सेवा विस्तार र रामकोटलाई पर्यटन गतिविधिसँग जोड्ने विषयमा समेत छलफल गरिएको जनाइएको छ ।

गाउँपालिकाले रामकोटसँगै पालिकाभित्र रहेका ओझेलमा परेका अन्य होमस्टे तथा पर्यटकीय गाउँको समेत पहिचान गरी क्रमशः प्रचार–प्रसार र प्रवर्द्धन गर्ने जनाएको छ ।

स्थानीय पर्यटनको विकासमार्फत रोजगारीका अवसर सिर्जना गर्नुका साथै गाउँको आर्थिक गतिविधि बढाउने लक्ष्य गाउँपालिकाले लिएको छ । ग्रामीण पर्यटनलाई स्थानीय आयआर्जनसँग जोड्दै बन्दीपुरका नयाँ पर्यटकीय गन्तव्यलाई स्थापित गर्ने योजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker