मंसिर १४ गतेबाट तीन सिफ्टमा प्रत्यक्ष पठनपाठन सञ्चालन गर्ने सत्यवती माविको तयारी

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको दमौली स्थित सत्यवती मध्यमिक विद्यालयले दिनको तीन सिफ्टमा विद्यार्थीको पठन पाठनलाई अगाडि बढाउने योजना बनाएको छ । विद्यालयका अभिभावकहरुसंग यो हप्ताभरी छलफल तथा अन्तरक्रिया गरी प्राप्त सुझाव अनुसार आगामि मंसिर १४ गतेबाट दैनिक तीन सिफ्टमा पठनपाठन गर्ने तयारी गरेको विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले बताए ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमण जोखिम कायमै रहेको अवस्थामा बालबालिकाको सिकाईलाई के कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा अभिभावकहरुसंगै अहिले नियमित छलफल र अन्तरक्रियामा रहेको उनले बताए ।

विद्यालयले कोरोना भाइरसका कारण हालसम्म सञ्चालन भएको अनलाइन कक्षा र अनलाइन सुविधाबाट बञ्चित विद्यार्थीहरुलाई विद्यालयमानै स्वास्थ्य मापदण्ड कायम गरी अध्ययन अध्यापन कार्यको समिक्षा गरिएको छ ।

आगामी दिनमा विद्यालयमानै प्रत्यक्ष रुपमा कक्षा सञ्चालन गर्ने विषयमा अभिभावकहरुको राय संकलन गरिएको र व्यास नगरपालिकाको शिक्षा समितिले तोकेको स्वास्थ्य सुरक्षा सामाग्रि र मापदण्ड पूर्ण रुपमा पालना गरी कक्षा सञ्चालन गर्ने तयारी विद्यालयले गरेको छ ।

विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा आयोजित अभिभावकहरुसंगको छलफलमा प्रधानाध्यपक इन्द्रप्रसाद पौडेल, सहायक प्रधानाध्यापक अनिल श्रेष्ठ र अशोक गिरीले सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker