व्यास नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा प्रदान गर्ने तयारी

दमौली । तनहुँको व्यास नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा प्रदान गर्ने तयारी गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले सामुदायिक विद्यालयहरूलाई निःशुल्क शिक्षा प्रदान गर्न विद्यमान अवस्थाको अध्ययन गर्ने निर्णय गरेको छ । यसका लागि एक महिनाभित्र प्रतिवेदन पेश गर्न शिक्षा शाखालाई निर्देशन दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।
बैठकले स्थानीय भू–उपयोग अन्तर्गत जग्गा वर्गीकरणको प्रक्रिया अघि बढाइएकाले असोज मसान्तसम्म गैह्रकृषि जग्गालाई आवसीय क्षेत्र मानी भू–उपयोग नियमावली अनुसार कित्ताकाट सहजीकरण गरिदिन मालपोत कार्यालय तनहुँ र नापी कार्यालय तनहुँलाई जानकारी सहित अनुरोध गर्ने निर्णय गरेको उनले बताए ।
यस्तै व्यास नगरपालिका भित्र फोहर वर्गीकरण गरी बिसर्जन गरिने कुहिने फोहर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय भएको छ । बैठकले व्यास नगरपालिका अन्तर्गतका सुत्केरी सट्टाशिक्षक व्यवस्थापन कार्यविधि २०८१, विपन्नहरुका लागि सुरक्षित आवास सहयोग कार्यविधि २०८१, निर्माण व्यवसायी सम्बन्धी कार्यविधि २०७५ लाई पारित एवं संशोधन गर्ने निर्णय गरेको छ ।
बैठकले मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रम अन्तर्गत ऐतिहासिक तनहुँसुर क्षेत्र संरक्षण र विकास परियोजना कृषि तथा पर्यटन प्रवर्द्धन कार्यक्रम प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।
यस्तै भदौ २१ गतेका दिन हरितालिका तीजका अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता आयोजना गर्न उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा नौ सदस्यीय आयोजक समिति गठन गरिएको छ। बैठकले साउन २५ गते विश्व आदिवासी जनजाति दिवसका अवसरमा नगरभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker