बुद्धसिंह मार्गको नाल्दीघाटको पहिरा पन्छ्याउन ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती

दमौली : तनहुँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाटको पहिरो पन्छ्याउन ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । यही असोज ११ र १२ गतेको वर्षापछि आएको पहिराले बुद्धसिंह मार्गका दर्जनौं ठाउँमा सडक अवरुद्ध भएको थियो ।
अधिकांश ठाउँका पहिरा पन्छ्याइए पनि बन्दीपुर गाउँपालिकास्थित नाल्दीघाटको पहिरो पन्छ्याउन ढिलाइ हुँदा सर्वसाधारणले सास्ती खेपेका हुन् । पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्युघर लगायतका स्थानमा सडक अवरोध भएको थियो ।
तीमध्ये नाल्दीको बाहेक अन्य पहिरो हटाइएको बुद्धसिंह मार्ग सरोकार समिति संयोजक सिद्धान्त थापा मगरले जानकारी दिनुभयो । नाल्दीको पहिरा हटाउन पटक–पटक माग गरे पनि सुनुवाइ नभएको उहाँको गुनासो छ । पूर्वाधार विकास कार्यालयले चेन डोजर नभएको हुँदा पहिरो हटाउन नसकिएको जवाफ दिएको उहाँले उल्लेख गर्नुभयो ।
नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का जनता मारमा छन् । उक्त सडकको पहिरा पन्छ्याई यातायात सञ्चालन गराउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । सदरमुकाम दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीदेखि सँुढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ ।
दमौलीदेखि सुँढेसम्म करिब १० किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली–सफल जेभी काठमाडौँसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो ।
मूल्य अभिवृद्धि करसहित रु ३४ करोड २७ लाख ५४ हजार ५६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।
चितवनको घुमाउनेमा मोटरेवल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डो¥याएर मुग्लिङ–नारायणगढ सडकसम्म ल्याउन सकिने जनाइएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे आँबुखैरेनी मुग्लिन हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिं मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker