तनहुँमा कोरोना संक्रमणबाट १४९ जनाले ज्यान गुमाए, जिल्लामा ७५ जना सक्रिय संक्रमित

भञ्ज्याङ न्यूज

कोरोना संक्रमणबाट तनहुँमा १४९ जनाको मृत्य भएको छ । जिल्लामा पहिलो लहरको कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने दोश्रो लहरको कोरोना संक्रमणबाट १२४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार कोरोना संक्रमणबाट जिल्लामा पुरुष ९२ र महिला ५७ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, तनहुँमा अझै पनि ७५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । महिला ३६ र पुरुष ३९ जनामा संक्रमण संक्रमित छन् । सबै भन्दा बढी व्यास नगरपालिकामा तीस जना रहेका छन् । त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा १९, भिमाद नगरपालिकामा ९, म्याग्दे गाउँपालिकमा ७, भानु नगरपालिकामा पाँच, देवघाटमा तीन, बन्दिपुरमा दुइ र आँबुखैरेनी/ऋषिङमा एक/एक जना सक्रिय संक्रमित छन् ।

जिल्लाको दश वटा पालिकामध्ये घिरिङ गाउँपालिकामा शुन्य दर रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । त्यसैगरी दमौली अस्पताल र जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा पनि कोरोना संक्रमण दर शुन्य रहेको छ । कोरोना संक्रमण दर कमी हुँदै गएपनि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहन स्वास्थ्य कार्यालयले र्सवसाधारणलाई अनुरोध गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker