जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ‘बच्चाछिर धुमपान विधि’बाट उपचार

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले आवाज बन्द भएका बिरामीको उपचार गर्न थालेको छ । आयुर्वेदिक ‘बच्चाछिर धुमपान विधि’बाट बिरामीको उपचार थालेको हो । बच्चाचूर्ण, बाख्राको दूध, ल्वाङको धुलो, त्रिकटु र सितोपलादी मिसाएर पकाएको खीरजस्तो वस्तुबाट बाफ दिएर बिरामीको उपचार गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिनुभयो ।

दैनिक एक घण्टाको दरले पन्ध्र दिनसम्म नियमित थेरापी गरेपछि मज्जाले बोल्न सक्ने हुन्छन् । उहाँले भन्नुभयो, “गत वर्ष दुई जनाको सफल उपचार भयो, यस वर्ष एक जनाको उपचार भइरहेको छ ।”

यस वर्ष व्यासनगरपालिका–१ गल्बुबेँसी निवासी नारायणप्रसाद सापकोटाको उक्त विधिबाट उपचार थालिएको उहाँले बताउनुभयो । श्वास नलीमा मासु पलायो भने ट्युमर भयो भने आवाज रोकिदिन्छ । उहाँले भन्नुभयो, “जसले गर्दा बोल्न मिल्दैन ।” श्वास नलीमा समस्या आएपछि भारतको लखनउमा गएर शल्यक्रिया गर्दा करिब रु एक लाख खर्च गरेको बिरामी सापकोटाले जानकारी दिनुभयो ।

“शल्यक्रिया गर्नुपूर्व स्वर कम हुँदै गएपछि उपचारका लागि लखनउ गएको थिएँ ।” उहाँले भन्नुभयो “शल्यक्रियापछि स्वर त झनै ठप्प भयो।” उहाँले आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्न थालेको चार दिन भएको र केही सुधार हुँदा हल्का बोल्न सक्ने भएको जानकारी दिनुभयो ।

सुरुका दिनमा जस्तै पूर्णरूपमा आवाज आए नयाँ जीवन पाउने थिएँ, उहाँले भन्नुभयो । “विभिन्न सङ्घसंस्थामा आवद्ध छु, बोल्न नसक्दा कठिनाइ भोग्नुपरेको छ ।” उपचारमा लाग्ने औषधि महङ्गो पर्ने हुँदा स्वयं बिरामीले औषधि किन्नुपर्ने र उपचार निःशुल्क गर्ने गरिएको केन्द्रका प्रमुख डा मण्डलले बताउनुभयो । उक्त समस्याका व्यक्तिले चिसो पानीको अलवा मन तातो पानी पिउनु लाभदायिक हुने उहाँले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker