बालशिक्षा निकेतन माविमा छ लाख रुपैयाँको अक्षयकोष स्थापना

दमौली : तनहुँ समाज हङकङले तनहुँको ऋषिङ गाँउपालिका–८ पल्ट्याङ  स्थित बालशिक्षा निकेतन माध्यमिक विद्यालयमा ६ लाखको अक्षयकोष स्थापना गरेको छ । ऋषिङ घर भइ हाल हङकङ निवासी समाजका सल्लाहकार लालबहादुर थापाको संयोजकत्वमा संकलित ६ लाख रुपैयाले विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।
अक्षयकोष वापतको रकम संयोजक थापाले सोमबार विद्यालयका प्रधानाध्यापक ढाकाराम पौडेललाई हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण कार्यक्रममा समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ र जंगबहादुर थापा तथा सल्लाहकार श्याम सुन्दर थापाको उपस्थित रहेको थियो ।
हस्तान्तरण गर्दै संस्थाका सल्लाहकार थापाले अक्षय कोषको ब्याजबाट आउने रकमबाट विद्यार्थीको पठनपाठनमा मदत पुग्ने बताए । आफुले बाल्यकालमा पढेको विद्यालयलाई सहयोग गर्ने मौका पाएको भन्दै उनले खुसी व्यक्त गरे । उनका अनुसार हङकङमा बसोबास गर्ने ५२ जना नेपालीको सहयोगमा उक्त  रकम संकलन गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले सामाजिक भावनाबाट उत्प्रेरित भइ विदेशमा रहेर पनि आफ्नो मातृभूमिलाई सहयोग गरेको भन्दै समाजप्रति आभार व्यक्त गरे । साथै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या क्रमश घटदै गएको प्रति चिन्ता प्रकट गर्दै श्रेष्ठले पठनपाठनको प्रक्रियालाई थप सुधार्न शिक्षकहरुलाई अनुरोध गरे । उनले भने “पर्याप्त शिक्षक र पुर्वाधार हुदाहुदै पनि शिक्षाको गुणस्तर सुधार्न सकिएन भने हाम्रो लगानी व्यर्थ हुन्छ ।”
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बेलबहादुर परियार, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तेजबहादुर थापा, विद्यालयका प्रधानाध्यापक ढाकाराम पौडेल लगायतले सहयोगप्रती आभार प्रकट गर्दै प्राप्त सहयोग सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।
उक्त अक्षय कोषको व्याजबाट प्राप्त रकम विद्यालयको अक्षय कोष कार्यविधि अनुसार ५०% विद्यालयको उन्नन्यनमा खर्च गर्ने र ५०% विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रअ पौडेलले जानकारी दिए । रकम हस्तान्तरण कार्यक्रममा शिक्षक मिलन श्रेष्ठले स्वागत गरेका थिए भने दिपक गैरेले कार्यक्रम संचालन गरेका थिए ।
थापा परिवारले यस अघिनै सोही विद्यालयमा अक्षय कोष स्थापना गरेको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका लालबहादुर थापाका भाइ टोल बहादुर थापा लगायत ५ जना छोराछोरीद्वारा स्वर्गीय आमा लुरी मायाको स्मृतिमा लुरी मगर्नी अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker