नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा खड्का र अधिकारीको उम्मेदवारी

दमौली : नेपाल पत्रकार महासंघ अहिले २७औं महाधिवेशनको प्रक्रियामा अगाडि बढेको छ । नयाँ नेतृत्व चयनका लागि केन्द्र, प्रदेश हुँदै बुधबार जिल्लामा मनोनयन दर्ता गरिएको छ ।
तनहुँ जिल्लाको नेतृत्व दाबी गर्दै प्रेस चौतारीका पूर्व अध्यक्ष एवं नेपाल पत्रकार महासंघ तनहुँका पूर्वउपाध्यक्ष समेत रहेका नारायण खड्काले संगठनले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उम्मेदवारी दर्ता गरेका छन् । खड्काको उम्मेदवारीलाई प्रेस सेन्टरले साथ दिएको छ ।
प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवारका रुपमा धनपति अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, गठवन्धनबाट उपाध्यक्षमा प्रताप राना र प्र्रेस सेन्टरबाट सानेबहादुर नेपालीले उम्मेदवारी दर्ता गरेका छन् । महिला उपाध्यक्षमा गठवन्धनबाट सम्झना रसाइलीको उम्मेदवारी परेको छ ।
महासंघ तनहुँको सचिव पदमा गठवन्धनबाट कृष्णचन्द्र न्यौपाने र प्रेस सेन्टरबाट अस्मिता खनाल, सहसचिवमा प्रेस सेन्टरबाट बिनोद ढुंगाना र गठवन्धनबाट ऋषिकान्त दुवाडी उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा गठवन्धनबाट पूर्ण विकेको एकल उम्मेदवारी परेको छ ।
यस्तै, खुल्ला सदस्यमा प्रेस सेन्टरबाट अशोक विश्वकर्मा र गठबन्धनबाट विकास खनाल, विष्णु गौतम, उपेन्द्र खनाल र राजेश्वर हड्खलेको उम्मेदवारी परेको छ । यता सह–सचिव (समावेशी)मा किरण श्रेष्ठ, महिला सदस्यमा सुनिता आचार्य, सदस्य (दलित) मुना कालीराज वि.के., सदस्य आदीवासी जनजाति) चित्र गुरुङ, सदस्य
(अन्य समावेशी) रामशरण नेपालीको एकल उम्मेदवारी परेको छ ।
त्यस्तै, संघीय परिषद सदस्य खुल्लामा प्रदीप काफ्ले, संघीय परिषद सदस्य (समावेशी) राजकुमार श्रेष्ठ(बिबि), प्रदेश परिषद सदस्य खुल्ला शंकरराज नहर्की, प्रदेश परिषद सदस्य (समावेशी मिला दरै र प्रदेश परिषद सदस्य (महिला)मा सुनिता थापाको एकल उम्मेदवारी दर्ता भएको छ ।
महासंघको जिल्ला, प्रदेश र केन्द्रको नयाँ नेतृत्व चयनका लागि मंसिर २८ गते शुक्रबारका दिन बिहान १० देखि दिउँसो ४ बजेसम्मा निर्वाचन हुँदैछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker