गर्मी बढेपछि आँवुखैरेनीको एक र देवघाटका सबै विद्यालय बन्द

अत्याधिक गर्मीका कारण विद्यार्थी विरामी पर्न थालेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयफाँटस्थित मित्रता माध्यमिक विद्यालयले विदा दिएको छ । गर्मीका कारण विद्यार्थी एकाएक ढलेपछि शनिबारसम्म विद्यालय बन्द गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीका अनुसार मंगलबार बिहान १०:३० बजेको समयमा अत्यधिक गर्मीका कारण विद्यार्थी एकाएक ढलेपछि एक सुचना जारी गरी बर्खे विदाबाट कट्टी हुने गरी ३ दिन विद्यालय बन्द गर्ने जनाएका छन् ।

शुरुमा ५/६ जना विद्यार्थी ढलेका र पछि ३१ जना विद्यार्थीको स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै उपचारका लागि आँबुखैरेनी अस्पताल पुर्‍याइएको प्रधानाध्यापक बोगटीले बताए । विद्यार्थी उपचार पछि घर फर्किसकेका र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

आँबुखैरेनी क्षेत्रमा मंगलबार दिउँसो अधिकतम तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ ।

यस्तै, अत्याधिक गर्मी बढेपछि देवघाट गाउँपालिकाले विद्यालयहरुमा तीन दिन गर्मी बिदा दिएको छ । तिब्र रुपमा बढ्दै गएको तापक्रम वृद्धिको कारण विद्यालयको पठन पाठनमा असहज स्थिती सिर्जना भएकोले वर्षे विदाबाट कटौती हुने गरि जेठ ३० गतेदेखी ३२ गतेसम्म सम्पूर्ण सामुदायिक तथा नीजि विद्यालयमा बिदा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले अत्याधिक गर्मी बढ्न थालेपछि विद्यालययमा तिन दिन बिदा दिईएको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker