जिल्ला प्रशासन कार्यालय तनहुँको भिमादमा सार्वजनिक सुनुवाई

भिमाद : जिल्ला प्रशासन कार्यालय तनहुँले भिमाद नगरपालिकाको सहकार्यमा सार्वजनिक सुनुवाई गरेको छ । सेवा प्रवाह, समन्वय र सहजिकरणका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको जिप्रका तनहुँले जनाएको छ ।
स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, स्थानीय नागरिकहरूको सहभागितामा आयोजित कार्यक्रममा सहभागिहरुबीच सेवा प्रवाहमा सुधारका विभिन्न पक्षबारे छलफल गरिएको थियो ।
भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले जनताको प्रत्यक्ष सम्पर्कमा रहने स्थानीय सरकार भएकाले सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराए । उनले नगरपालिकाले गर्न सक्ने कामहरू यहिँबाट समाधान गर्ने र संघ तथा प्रदेश सरकारसँग समन्वय गरी जटिल समस्या समाधान गरिरहेको सहभागिलाई जानकारी गराए ।
कार्यक्रममा सहभागिहरुले राष्ट्रिय परिचयपत्रको आवेदन फारम पालिकाबाटै उपलब्ध गराउन माग गरेका थिए । वडाअध्यक्षहरूले अनलाइन नागरिकता सिफारिस प्रक्रियामा सेवाग्राहीले भोग्नु परेको झन्झटप्रति गुनासो राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले सेवा प्रवाहलाई चुस्त बनाउन राष्ट्रिय परिचयपत्र वितरणलाई पालिका तहमा सञ्चालन गर्न थालिएको र यसले सेवाग्राहीलाई ठूलो सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
तनहुँ जिल्लामा अन्य जिल्लाको तुलनामा आफ्नै स्रोतबाट १० वटै पालिकामा राष्ट्रिय परिचयपत्र वितरण थालिएको जानकारी गराउँदै सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले भने, ‘यसले परिचयपत्र वितरणमा छिटो छरितो सेवा उपलब्ध गराउन मद्दत पुग्ने छ ।’
यस्तै, नेकपा एमाले भिमाद नगर कमिटीका अध्यक्ष इमान बहादुर थापा र माओवादी केन्द्र भिमादका अध्यक्ष अमृत सिग्देलले नगर र आसपासका क्षेत्रमा लामो समयदेखि रोकिएका योजनाहरू कार्यान्वयनका लागि आग्रह गरे ।
कार्यक्रममा सहभागीहरूले समन्वयको अभावले सरकारी काममा ढिलासुस्ती भएको भन्दै सुधारका लागि ठोस कदम चाल्न माग गरेका थिए। यस प्रकारको सार्वजनिक सुनुवाइले स्थानीय तहको समन्वय र सेवा प्रवाहमा सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको थिए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker