तनहुँमा ९१ प्रतिशतसहित गण्डकीमा ८९ प्रतिशत रोपाइँ

गण्डकी : गण्डकी प्रदेशमा हालसम्म ८९ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ८३ हजार ७९४ हेक्टर क्षेत्रफल अर्थात् ८८ दशमलव ९७ मा रोपाइँ गरिएको हो । यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान रहेको निर्देशनालयका कृषिअर्थ विज्ञ मनोज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी बागलुङमा ९६ दशमलव ८१ प्रतिशत, लमजुङमा ९५ दशमलव २८ प्रतिशत, कास्कीमा ९५ प्रतिशत, तनहुँमा ९१ प्रतिशत, म्याग्दीमा ९० दशमलव ०१ प्रतिशत, पर्वतमा ९० प्रतिशत, नवलपुरमा ७९ दशमलव २७, स्याङ्जामा ८८ दशमलव ४९ र गोरखामा ८४ दशमलव ०७ प्रतिशत रोपाइँ भएको हो ।

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानखेती गरिन्छ । प्रदेशको कूल चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धानखेती हुने गरेको छ ।

हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । गत वर्ष ९६ हजार ५३ हेक्टरमा धानखेती गरिएकामा यस वर्ष धानखेतीको क्षेत्रफल घटेको हो । घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीव्र सहरीकरणजस्ता कारणले धान खेतीको क्षेत्रफल खुम्चँदै गएको छ ।

क्षेत्रफल घटे पनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोगकिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके धानको उत्पादकत्व बढ्ने कृषिअर्थ विज्ञ पौडेलको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker