म्याग्देमा कोल्ड स्टोर्स भवन उद्घाटन

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले निर्माण गरेको कोल्ड स्टोर्स भवनको उद्घाटन गरिएको छ । वडा नं. ३ स्थित कोल्ड स्टोर्स भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकहरूले यो भवनबाट लाभ लिन सक्नुपर्ने बताए ।
‘कोल्ड स्टोर्सको निर्माण पछि कृषकहरूले आफ्नो उत्पादनको सुरक्षा गर्न सक्नेछन् र उत्पादनका वस्तुहरूको उचित मूल्य पाउनेछन्’, अध्यक्ष श्रेष्ठले भने, ‘कृषि नै आत्मनिर्भर बन्ने आधार हो र यसका लागि म्याग्दे गाँउपालिकाले करोडौँ रुपैयाँ खर्चेर यो अत्यावश्यक परियोजना निर्माण गरेको हो ।’
अध्यक्ष श्रेष्ठले कृषकहरूको उत्पादनको उचित बजारमा बिक्री नहुँदा, उनीहरूको उत्पादनको मूल्य उचित नपाउने र यसले गर्दा कृषकहरूले कृषि पेशा प्रति वितृष्णा महसुस गर्नुपरेको बताए । उनले भने, ‘अब कृषकहरूले आफ्ना उत्पादनलाई कोल्ड स्टोरमा राखेर, मूल्य पाउँदा मात्र बिक्री गर्न सक्नेछन् । यसबाट कृषकहरूको आर्थिक स्थिति पनि सुदृढ हुनेछ ।’
कोल्ड स्टोर्स निर्माणको पहिलो चरणको काम आर्थिक वर्ष ०७९/०८० मा सम्पन्न भएको हो र यसको निर्माण पासा कन्ट्रक्सन प्रा.लिले गरेको थियो । यो स्टोर्सले कृषकहरूको उत्पादन सुरक्षित गर्न र समयमै बजारमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
यस्तै, उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले पालिकाको पहिलो प्राथमिकता कृषि रहेको बताए । ‘जिल्लाको अन्य पालिकाले यस प्रकारको कोल्ड स्टोर्स निर्माण गर्न नसके पनि म्याग्दे गाँउपालिकाले यसका लागि पहल गरेको छ’, उनले भने, ‘कोल्ड स्टोर्समा कृषकहरूले उत्पादन गरेको वस्तु सुरक्षित राख्न र वजार मूल्यको आधारमा बिक्री गर्न अब सहज हुनेछ ।’
उपाध्यक्ष घिमिरेले राजनैतिक दलका नेतृत्वले नकारात्मक धारणा राख्दा, काम गर्ने जनतालाई नै वितृष्णा हुने अवस्था सिर्जना हुनेहुँदा तथ्यमाथि आधारित भएर मात्र बोल्न जरुरी रहेको चर्चा गरे ।
करिब २ करोड ८६ हजार ८८२ रुपैयाँको लागतमा निर्माण गरिएको कोल्ड स्टोर्समा ३०० मेट्रिक टन उत्पादन राख्न सकिने क्षमता रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी गराए ।
यस्तै, उक्त अवसरमा सुर्य नेपाल प्रा.लि.ले गाउँपालिकालाई एक थान कृषि एम्वुलेन्स हस्तान्तरण गरेको थियो । कृषकहरूले उत्पादन गरेका वस्तुलाई सहजै ओसारपसार गर्न र वजारमा विक्री गर्न सहयोग पु¥याउनु उद्देश्यले एम्वुलेन्स उपलब्ध गराएको सुर्य नेपालले जनाएको छ ।
गाउँपालिका कोल्ड स्टोर्स भवन निर्माण र कृषि एम्वुलेन्सको हस्तान्तरण पश्चात कृषि उत्पादनको सुरक्षित भण्डारण र उचित वजारमा विक्रीका लागि यी सुविधाहरूले कृषकलाई थप प्रोत्साहित गर्ने कृषकहरुले बताएका छन् ।
यस कार्यक्रमले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नुका साथै, म्याग्दे गाउँपालिकाको यस प्रयासले कृषकहरूको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने विश्वास गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker